सैनिक कल्याणकारी कोषमा साढे ३८ अर्ब | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

सैनिक कल्याणकारी कोषमा साढे ३८ अर्ब

army

काठमाडौं, २५ साउन । नेपाली सेनाको कल्याणकारी कोषमा ३८ अर्ब ५७ करोड ६० लाख रुपैयाँ जम्मा भएको छ। गत आर्थिक वर्षमा ३५ अर्ब ७७ करोड २४ लाख रुपैयाँ रहेको नगद मौज्दात चालू आर्थिक वर्षमा दुई अर्ब ८० करोड रुपैयाँले वृद्धि भएको हो।

२०३२ सालमा संयुक्त राष्ट्रसंघमातहत शान्ति सेनामा सहभागी भएबापत प्राप्त एक करोड २४ लाख एक हजार रुपैयाँबाट सुरु भएको उक्त कोषमार्फत बहालवाला र अवकाश प्राप्त सैनिक तथा तिनका आश्रित परिवारका लागि काम गर्दै आएको सेनाले जनाएको छ। सेनाले कल्याणकारी कोषको रकमबाट बहालवाला र अवकाश प्राप्त सैनिकहरुका लागि स्वास्थ्य, शिक्षा, ऋण प्रवाह, आवास लगायतका क्षेत्रमा लगानी गर्ने गरेको छ।

कल्याणकारी कोषमा शान्तिसेनामा भाग लिएबापत प्राप्त हुने रकम, वित्तीय संस्थाबाट प्राप्त हुने ब्याज, स्वास्थ्य विज्ञान संस्थान, विद्यालय र महाविद्यालयबाट प्राप्त हुने शिक्षण शुल्क जम्मा हुने गरेको सेनाले जनाएको छ। त्यस्तै परिवार आवास भाडा, सुनाचुरी इमल्सन प्लान्ट, रिपुमर्दिनी अक्सिजन प्लान्टबाट प्राप्त हुने रकम, विदेशी मुद्रा सटही प्रिमियम र मेडिकल सेवाबापतको रकमलाई सेनाले कोषको आयस्रोतका रुपमा उल्लेख गरेको छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।