पुष्पा पोखरेल
काठमाडौं १८ साउन । २०४५ सालको नाकाबन्दीपछि नेपाल भारतबीचको कुटनीतिक सम्बन्ध सबैभन्दा बढी चिसिएको थियो । संविधान सभाबाट नयाँ संविधान जारी भएपछि भारत र नेपाल सरकारविच आकस्मिक रुपमा सृजना भएको दैनिक कुटनीतिक असमझदारीको कारणले वाक युद्घ मात्र होइन भारतले २०७२ सालमा नेपालमाथि अघोषित नाकाबन्दी समेत गरेको छ ।
अहिले भारतीय बाँधका कारण तराईका जिल्ला डुवानमा परेका छन् । वर्षातका बेला हुने सीमा अतिक्रमण, सीमा पिलर हराएको भन्ने पुरानो समस्या त छ नै । अविरल वर्षापछि हालैको बाढीले तराईका अधिकांश भूभाग डुबानमा परेको दुःखद घटना पनि ताजै छ ।
कयौंले ज्यान गुमाए, हजारौं घरबारविहीन भए भने करोडौं बराबरको अन्नबालीसहित सम्पतिको क्षति भयो । नेपाल भारत सम्बन्धका सन्दर्भमा अचेल दिनहुँ जसो काठमाडौंको तारे होटलहरुमा छलफल भइरहेको छ ।
भारतीय अधिकारी र नेपाली नेताहरुको बाक्लो उपस्थितिमा हुने यस्ता कार्यक्रममा नेपाल भारतको न असमान सन्धीकोबारेमा कुरा हुन्छ न त भारतीय बाँधका कारण भएको क्षतिकैबारेमा छपलफल हुन्छ ।
नेपाल र भारत दक्षिण एसियाका घनिष्ट छिमेकी राष्ट्र हुन । यी दुई देशबीच रोटी बेटीको सम्बन्ध छ भनिन्छ । यी दुइ राष्ट्र सन १९५० को नेपाल भारत सन्धिद्घारा बाँधिएका छन् ।
सन्धी नेपालको हितमा छ कि छैन भन्नेमा पहिले पहिले राजनीतिक रुपमा निकै बहस भए । हाल सत्तारुढ भएको नेकपा प्रतिपक्षमा रहुन्जेल १९५० को सन्धी असमान भएको र नेपालको हितमा नरहेको भनी नाराबाजी र भाषण चर्कै रुपमा हुँदै आयो । सिमा विवाद तथा सिमा अतिक्रमणको समस्या वर्षेनि आउने गर्छ । तैपनि यो विषयमा कहिल्यै छलफल नै हुँदैन । भारत छिमेकि मुलुक हुँदाहुँदै पनि छिमेकि राष्ट्रको जस्तो भुमिका निर्वाह गर्न नसकिरहेको देखिन्छ ।
भारतले नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको र दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठनमा दुवै देश सहकार्य गर्दै आइरहेको भएपनि नेपाल भारत सम्बन्ध पुर्ण रुपमा विवाद रहित हुन भने सकेको छैन ।
बाढि पहिरो र सिमा विवादको समस्या नेपालमा वर्षेनी आउने गर्दछ । तर समस्या समाधान हुन भने सकिरहेको छैन । कुटनीतिक सम्बन्ध सहकार्यताको अभाव रहँदै आएको छ ।
पछिल्लो समय सम्बन्ध प्रगाढ बनाउन भन्दै विभिन्न किसिमका सभा तथा सम्मेलनहरु भइरहेका छन् । नेपाल भारतबीच मैत्री सबन्ध ७० वर्ष पुगेको सन्दर्भमा दैनिक जस्तो काठमाडौंका तारे होटलहरुमा विभिन्न संस्थाको नाममा छलफल भइरहेको छ ।
सत्तापक्ष र विपक्षका दर्जनौ नेता कार्यक्रममा सहभागि हुन्छन तर भारतले बल मिचाइको आधारमा निर्माण गरेको बाँध र अन्य संरचनाकै कारण तराई डुबानमा परेकोबारे कसैले मुख खोलेका छैनन् । डुबानले जनता रोई रहंदा नेताहरु होटलहरुमा हाँसेर छलफलमा रहमाई रहेका देखिन्छन् ।