सुन र चाँदीजस्ता बहुमूल्य धातु निक्षेपका रुपमा बैंकमा राख्न पाईने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

सुन र चाँदीजस्ता बहुमूल्य धातु निक्षेपका रुपमा बैंकमा राख्न पाईने

प्रमिला भण्डारी
काठमाडौं, १८ साउन । सरकारले सुन र चाँदीजस्ता बहुमूल्य धातु निक्षेपका रुपमा बैंकमा राख्न पाईने नयाँ अवधारणा अघि सारेको छ । नेपाल राष्ट्र बैँकले बैंकमा सुनचाँदी लगायतका बहुमूल्य धातु निक्षेपको रुपमा राखेमा ब्याज पाइने व्यवस्था गर्न लागेको हो ।

वित्तिय बजारमा लगानी योग्य पुँजी अभावको कारण सरकारले यस्तो नीति ल्याएको हो । बहुमुल्य धातुको रुपमा अहिले निक्षेप योग्य सुन र चाँदी मात्र रहने बैँकले जनाएको छ । यो निक्षेप नगद निक्षेप जस्तो हुँदैन ।

यो निक्षेप बचत प्रकृतिको पनि हुँदैन । त्यसैले यसको लागी बैँकले कार्यविधि बनाई रहेको छ । कार्यविधिमा कुन कुन सुन निक्षेप योग्य हो, निक्षेप योग्य सुन कसरी बैँकमा राख्ने, सुनको मुल्य कसरी निर्धारण गर्ने, व्याज कति प्रतिशत दिने जस्ता कुरा समावेश गरिने छ ।

यस्तो निक्षेप छोटो अवधिको लागि भने राख्न सकिने छैन । राष्ट्र बैंकका अनुसार कम्तीमा एक वर्षदेखि पाँच बर्षभन्दा बढी अवधिका लागि यस्तो निक्षेप योजना बैंकहरुले सञ्चालन गर्न सक्ने छन् ।

बैँकहरुमा सुन मात्र निक्षेप संकलन गरेर पुँजी परिचालन गर्ने लक्ष्य नभई बैँकहरुले तोकिएको कार्यविधि अनुसार निश्चित प्रतिशत मात्र सुन निक्षेप संकलन गर्न सक्ने छन् । अनावश्यक रुपमा घरमा राखिएका सुन चाँदीहरुलाई बैँकमा निक्षेप गर्दा बैँकमा डिपोजिट बढ्ने, कर्जा विस्तारको क्षमता बढ्ने, सरकाले लिएको ८ दशमलव ५ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य प्राप्त गर्न लगानी योग्य फण्ड आन्तरीक स्रोतबाटै परिचालन गर्नको लागी यो अवधारणा ल्याईएको राष्ट्र बैँकको भनाई छ । यो प्रयासले वित्तिय बजारमा देखिएको तरलताको समस्यालाई हटाउन मद्धत पुग्ने बैँकको विश्वास छ ।

यस अघि यस्ता सुनसहित बहुमुल्य बस्तु बैंंकमा शुल्क तिरेर सुरक्षित गर्नु पर्ने अवस्था थियो । तर अबको नयाँ व्यवस्थाले भने शुल्क तिर्नुको सट्टा व्याज दिने भएको हो । अन्तर्रा्ष्ट्रिय अभ्यासलाई मानेर कार्यविधि तयार गरिने बैँकले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);