ललितपुर, १७ साउन । ललितपुर स्थित नख्खु कारागार भित्र कैद भुक्तान गरिरहेका दुई कैदीबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ । कारागार कार्यालयका अनुसार नयाँ ब्लकमा घाम तापिरहेका पवन कुमार महतो र पूर्णबहादुर राजीबीच झगडा भएको थियो ।
कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका र मानसिक रोगी समेत रहेका पूर्णबहादुरलार्ई कर्तव्य ज्यान मुद्दामै कैद भुक्तान गरिरहेका पवन महतोले टाउकोमा प्रहार गरेका थिए ।
उनीहरुबीच एक्कासी झगडा भएको थियो । विवादबीच महतोले भुइँमा ओछ्याएको ब्लक निकालेर राजीको टाउकोमा प्रहार गरेका थिए । घाइते राजीलाई तत्कालै सुरक्षाकर्मीले उपचारका लागि अस्पताल पुर्याएका थिए । गम्भीर घाइते राजीको उपचारका क्रममा मृत्यु भएको हो ।




