काठमाडौं, १६ साउन । क्षेत्राधिकार मिचेर मुद्दाको फैसला गरेको भन्दै पोखरा उच्च अदालतका तीन न्यायाधीश कारबाहीमा परेपछि कानुनी प्रक्रियाका विज्ञहरुले ‘न्यायाधीशसम्म मुद्दा पु¥याउने दर्तावालादेखिको गिरोहको खोजी गरी कारबाही चलाउनुपर्ने’ धारणा राखेका छन् ।
गोर्खा ब्रुअरी कम्पनीको कर सम्बन्धी मुद्दामा उक्त अदालतका तीन न्यायाधीशले क्षेत्राधिकार मिचेर सुनुवाई र कम्पनीकै पक्षमा फैसला सुनाएपछि यस विषयले चर्चा पाइरहेको छ । कम्पनीले कर छल्नका लागि गिरोहलाई प्रभावमा पारेको स्रोतको दावी छ ।
वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले मानविय त्रुटिले पनि यस्तो हुन सक्ने तर गलत नियतले हो भने तीन न्यायाधीश मात्रै नभई यससँग सम्बन्धित प्रक्रियामा सामेल सबै छानविनमा तानिनुपर्ने धारणा राख्नुभयो । याे समाचार नेपाल समाचारपत्रमा लेखेकाे छ ।