नारायणगढ–मुग्लिनमा पुल बनाउन बाटो खुला | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

नारायणगढ–मुग्लिनमा पुल बनाउन बाटो खुला

muglin sadak sucharu

काठमाडौं, १३ साउन । चितवनको नारायणगढ–मुग्लिन खण्डमा पुल बनाउन सरकारले बाटो खोलिदिएको छ । डबल लेनमा पुल अत्यावश्यक देखिएको भन्दै मन्त्रिपरिषद्ले ठेक्कामार्फत डिजाइन र निर्माणको  काम अघि बढाउन स्वीकृति दिएको हो ।

सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम वातावरणीय अध्ययनसमेत गर्ने गरी ठेक्का गर्न स्वीकृति दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

कानुनमा डिजाइन एन्ड बिल्डका सम्बन्धमा स्पष्ट उल्लेख नभएको भन्दै सडक विभागअन्तर्गत पुल महाशाखाले मन्त्रिपरिषद्मा निर्णय गरिदिन पत्र पठाएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);