दसैं टिकट बुकिङमा यस्ता छन् व्यवसायीका पाँच बार्गेनिङ | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

दसैं टिकट बुकिङमा यस्ता छन् व्यवसायीका पाँच बार्गेनिङ

काठमाडौँ, २३  भदौ । यातायात व्यवसायीले अनावश्यक माग राख्दै पूर्वसहमति विपरीत दसैंका लागि अग्रिम टिकट बुकिङ खुला थर्न आनाकानी गरेका छन् । विभिन्न समितिमार्फत गैरकानुनी सिन्डिकेट चलाउँदै आएका व्यवसायीले दसैंको मुखमा टिकट बुकिङ खुलाउन आनाकानी गरको हुन् ।

सरकारी अधिकारी, उपभोक्ता अधिकारकर्मी र यातायात व्यवसायीबीचको सर्वपक्षीय सहमति तोड्दै उनीहरुले बिहीबारदेखि सुरु गर्ने भनिएको अग्रिम बुकिङ नखोलेका हुन् ।

व्यवसायीले बुकिङ नखुलाएपछि विभिन्न टिकट लिन पुगेका यात्रु निराश भएर फर्केका छन् ।
व्यवसायीका​ पाँच माग यस्ता छन् ।
-भाडा समायोजन हुनुपर्ने ।
-साविकका १४ वटै अञ्चलमा लामो दूरीका सवारी साधनको जाँचपास हुनुपर्ने ।
-सवारी साधनको छतमा सामान बोक्न पाउनुपर्ने ।
-सडकको मर्मत सम्भार गर्नुपर्ने ।
-सडकमा उद्धार उपकरण (रेस्क्यु मेसिन) राख्नुपर्ने ।

आजको नागरिक दैनिकमा  खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);