काठमाडौं, ५ साउन । सत्तारुढ नेकपाले ६ महानगरपालिकासहित सबै जिल्ला कमिटीका इन्चार्ज र सह–इन्चार्ज तोकेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ वटै जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले जिल्ला कमिटी सरह नै मान्यता प्राप्त ६ महानगरपालिकाका इन्चार्ज र सह–इन्चार्ज पनि टुंगो लगाएको छ ।
दुई साविक पार्टीका इन्चार्जहरु मध्ये एकलाई नै अहिले इन्चार्ज र सह–इन्चार्ज तोकिएको प्रवक्रा श्रेष्ठले बताउनुभयो । बैठकले विभाग भने गठन गर्न सकेन।
विभिन्न विभाग, आयोग निकाय र प्रवास विभाग एकीकरण टुंगो लगाउन मंगलबार पुनः सचिवालय बैठक बोलाइएको छ । नेकपाको ३२ वटा विभाग रहेका छन् । पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ वटा विभाग लिने समझदारी भइसकेको छ ।