आसन्न सबै निर्वाचन सम्पन्न गराउन आयोग सक्षम हुने राष्ट्रपतिको विश्वास | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १५ २०८१, बिहीबार

आसन्न सबै निर्वाचन सम्पन्न गराउन आयोग सक्षम हुने राष्ट्रपतिको विश्वास

bidhya devi

काठमाडौं, २२ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न सबै निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग सक्षम हुने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपतिलाई भेट्न निर्वाचन आयोगका पदाधिकारी आज शितल निवास पुगेका थिए ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको नेतृत्वमा निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह राष्ट्रपतिलार्इ भेट्न शितल निवास पुगेका थिए ।

सो भेटका अवसरमा प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय तहको पहिलो र दोस्रो चरणमा सम्पन्न भएको निर्वाचन र असोज २ गते प्रदेश नं. २ मा सञ्चालन हुन लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनको तयारीका बारेमा राष्ट्रपतिलार्इ अवगत गराएका थिए ।

उक्त भेटघाट कार्यक्रममा बोल्दै राष्ट्रपतिले दुई चरणको स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा आयोगलाई धन्यवाद दिएकी थिइन् ।

असोजमा हुने प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचन र आगामी मंसिरमा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आयोग सक्षम हुने राष्ट्रपतिले विश्वास व्यक्त गरेकी छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);