छ दिन देखि बन्द भएको डडेल्धुरा अस्पताल सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

छ दिन देखि बन्द भएको डडेल्धुरा अस्पताल सञ्चालनमा

dadeldhura aspatal

विमल जैरु

डडेल्धुरा, १ साउन । डडेल्धुरा गएको बिहीबारदेखि सेवा ठप्प भएको डडेल्धुरा अस्पताल मगंलबारदेखि सञ्चालनमा आएपछि सर्वसाधारणले राहत महशुस गरेका छन् । सुरक्षाका साथै दोषीलाई कारवाही गर्ने आश्वासन पाएपछि डडेल्धुरा अस्पतालका चिकित्सकहरु काममा फर्किएका हुन् । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहित अन्य सरोकारवाला मन्त्रालयले पनि दोषीलाई कारवाही गर्नुका साथै चिकित्सकहरुको सुरक्षाको प्रत्याभुति दिने आश्वसन दिएपछि आन्दोलनरत चिकित्सकहरु काममा फर्किएका हुन् ।

चिकित्सकहरुको आन्दोलनका कारण बिहीबारदेखि बन्द रहेको डडेल्धुरा अस्पतालमा मगंलबारबाट सेवा सुचारु गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दोषीहरुलाई कारबाही तथा चिकित्सकहरुको सुरक्षाको प्रत्याभुति दिएपछि चिकित्सकहरु सेवामा फर्किएको हुन् । जिल्ला छोडेर धनगढी पुगेका १० जना चिकित्सकहरु डडेल्धुरा अस्पतालमा आएपछि ओपिडी सेवा सहित अन्य सेवाहरु पनि सञ्चालनमा आएको अस्पतालका निमित्त मेसु जितेन्द्र कँडेलले जानकारी दिनुभयो ।

असार २५ गते डडेल्धुरा अस्पतालमा पोष्टमार्टम गर्दा डाक्टरले ढिलो गरेको भन्दै मृतकका आफन्तले अस्पतालमा ढुगाँमुढा गर्नुका साथै चिकित्सकलाई गाली गलौज र हातपात गर्नेलाई कारबाही नगरेको भन्दै चिकित्सकहरु बिहीबार देखि आन्दोलनमा उत्रिएका थिए । सोमबार बेलुकी डडेल्धुरा आइपुगेका चिकित्सकहरुले मगंलबार देखि विरामीको चेकजाँच गर्न थालेको हो । यसैगरी मगंलबार नै चिकित्सकहरुले अस्पतालमा तोडफोड र चिकित्सक माथि हातपात गर्नेका विरुद्धमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उजुरी समेत दिएका छन् । झण्डै एक सातापछि अस्पतालमा सेवा सुचारु भएपछि जिल्ला बाहिरबाट उपचारका लागि आएर पर्खी रहेका बिरामीहरु खुशी भएका छन् ।

गएको बिहीबारदेखि चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि अस्पतालको ओपीडी सेवा सहित आकस्मीक सेवा समेत प्रभावित भएको थियो । सेवा प्रभावित भएपछि डडेल्धुरा र आसपास क्षेत्रका जनता सामान्य उपचार सेवा लिनबाट समेत बन्चित हुंदै आएका थिए । अत्यावश्यकीय सेवा क्षेत्रमा स्वय चिकित्सक नै सेवा प्रभावित हुने गरी नफर्किनुलाई भने कसैले राम्रो मानेका थिएनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);