काठमाडौं, ३१ असार । चीनका एकजना सम्राट्ले दार्शनिक लाओत्सुलाई प्रधानमन्त्री बन्न आग्रह गरे पनि उहाँले स्वीकार गर्नुभएनछ ।
सम्राट्को धैरै करपछि उहाँ प्रधानमन्त्री बन्न राजी हुनुभयो । लाओत्सु प्रधानमन्त्री बनेकै दिन एउटा चोरलाई उहाँका सामु सजायका लागि उपस्थित गराइयो । चोर राजधानीमा बस्ने धनाढ्य मानिसको घरमा चोरी गर्दागर्दै रङ्गेहात पक्राउ परेको थियो । उसले चोरी गरेको साविती बयानसमेत दिएको थियो । लाओत्सुले चोर र धनी व्यक्ति दुवैलाई बराबरी छ महिनाको सजाय दिनुभयो ।
धनी व्यक्तिले जसको घरमा चोरी भएको छ उसैलाई सजाय दिने रु भनेर प्रश्न गरेछन् । लाओत्सुले साँच्चै भन्ने हो भने तपाईंलाई चोरको भन्दा बढी सजाय दिनुपर्ने भन्नुभएछ । यिनीहरूलाई यति धेरै गरिब कसले बनायो, जसका कारण उसले चोर्नुपर्ने अवस्था आयो रु तपाईं त्यसको जिम्मेवार हुनुहुन्छ । चोरीको हरेक मुद्दामा मेरो यही फैसला हुनेछ, दुवै व्यक्ति जेल जानेछन्, उहाँले भन्नुभएछ । तत्कालीन परिस्थितिको कार्य अहिलेको सन्दर्भमा हुबहु मेल खान नसक्ला तर यसको मर्मलाई नेपालको अहिलेको सन्दर्भमा आत्मसात् गर्नु जरुरी छ ।
अक्सफाम अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनअनुसार विश्वका २६ जनासँग संसारका आधाभन्दा बढी अर्थात् ५० प्रतिशत गरिबसँगभन्दा धैरै सम्पत्ति छ । धनी झन् धनी र गरिब झन् गरिब हुँदै गएका छन् । यस्तो बढ्दो खाडल कम गर्न धनीलाई एक प्रतिशतमात्रै सम्पत्ति कर लगाउने हो भने प्रतिवर्ष चार खर्ब १८ अर्ब डलर उठाउन सकिने र त्यति रकमले विद्यालय जान नपाउने हरेक बालबालिकालाई पढाउन र ३० लाख व्यक्तिलाई मृत्युबाट बचाउन मनग्गे हुन्छ ।
नेपालमा पनि १० प्रतिशत धनी मानिससँग ४० प्रतिशत गरिब जनसङ्ख्याभन्दा २६ गुणा बढी सम्पत्ति रहेको भनिएको छ । यहाँ हुनेले सजिलै कमाउने र नहुनेको खल्ती खाली रहिरहने अवस्था छ । नेपालको आर्थिक अवस्था सुधार्ने चुनौती छ । सरकारी तथ्याङ्कअनुसार अझै पनि नेपालमा निरपेक्ष गरिबीको जनसङ्ख्या १८ दशमलव ७ प्रतिशत छ भने बहुआयामिक गरिबी २८ दशमलव ६ प्रतिशत देखिन्छ । आम्दानीमा माथिल्लो १० र तल्लो ४० प्रतिशत जनसङ्ख्याको अनुपात एक दशमलव तीन प्रतिशत छ भने सम्पत्तिमा आधारित गिनीगुणक (गिनी कोअफिसियन्ट अर्थात सम्पत्तिको अन्तर) शून्य दशमलव ३१ प्रतिशत छ, साथै बेरोजगारी दर ११ दशमलव ४ प्रतिशत छ ।
धनी र गरिबको तथा हुने र नहुनेको खाडल गहिरिँदै गइरहेको छ । नेपालमा धनी व्यक्ति पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्न छाडी व्यापारमा लगानी गर्ने, बैङ्क, शिक्षण अस्पताल, निजी शिक्षण संस्था, सहकारी संस्था, बीमा संस्थालगायतका क्षेत्रतर्फ आकर्षित भएका देखिन्छन् । यसरी उनीहरू सम्पत्तिको वितरण नगरी केन्द्रित मात्र गर्छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।