बाढी-पहिरो पीडितलाई उचित राहतको व्यवस्था गर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

बाढी-पहिरो पीडितलाई उचित राहतको व्यवस्था गर्न निर्देशन

samitiko nirdeshan

काठमाडौं, २९ असार । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत तथा उपचारको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आईतबार बसेको बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत र उपचारको उचित व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

अविरल वर्षाका कारण पीडित भएकाहरुको उचित व्यवस्था तत्काल गर्न सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिनु भयो । बैठकले बाढी, पहिरो र डुबानबाट विस्थापित भएकाहरुको पुनर्बासको तत्काल व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो र डुबानमा भएको मानबीय तथा भौतिक क्षतिका वारेमा समितिलाई जानकारी गराउनुभएको थियो ।

तीन दिनयता आएको लगातारको वर्षाका कारण देशका ३८ वटा जिल्ला बाढी, पहिरो र डुबानबाट बढि प्रभावित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);