विषादी परिक्षण गरेर मात्रै भारतबाट तरकारी तथा फलफूल आयात गर्न सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

विषादी परिक्षण गरेर मात्रै भारतबाट तरकारी तथा फलफूल आयात गर्न सर्वोच्चको आदेश

tarkari-naka

काठमाडौं, २६ असार । सर्वोच्च अदालतले सीमा क्षेत्रमा विषादी परीक्षण गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्ने सरकारको निर्णय यथास्थितिमा राख्न आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले विषादी परीक्षण यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो ।

अब अदालतको अर्को आदेश नहुँदासम्म विषादी परीक्षण गरेर मात्र आयात गर्नुपर्नेछ । सरकारले असार २ गते राजपत्रमा प्रकाशित गरेर भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादी अवशेष परीक्षण अनिवार्य गरेको थियो ।

यो कदमले भारतीय व्यवसायीलाई अप्ठ्यारो परेपछि असार १४ मा भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको थियो । फलफूल तथा तरकारी रोकेको जनाउँदै भारतीय दूतावासले दबाब दिएपछि असार १८ गते परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको थियो । सरकारले पर्याप्त प्रयोगशाला नभएका देखाउँदै आयातित तरकारी र फलफूलमा विषादी परीक्षण स्थगित गरेको हो ।

सरकारको पछिल्लो निर्णयलाई चुनौती दिँदै अधिवक्ता कञ्चनकृष्ण न्यौपानेसहित स्वागत नेपाल र उपभोक्ता हित संरक्षण मञ्चले छुट्टाछुट्टै रिट दायर गरेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);