हाइड्रोपावरका कारण मासिए असला माछा | ईमाउण्टेन समाचार

Our Network

पुष २६ २०८१, शुक्रबार

हाइड्रोपावरका कारण मासिए असला माछा

modi khola-asala machcha

पर्वत, २१ असार । मोदी खोलाबाट असला माछालगायत जलचर हराउन थालेका छन् । पर्वतको उत्तर–पूर्वी भाग भएर बग्ने मोदी खोलामा जलविद्युत् आयोजना बढेसँगै असला माछासहितका जलचर भने संकटमा पर्न थालेका संरक्षणविद्ले बताएका छन् । हिमालबाट बगेर आउने चिसो पानीमा खेल्ने असला माछाको खानीका रूपमा ख्याति कमाएको मोदी नदीको अधिकांश भाग हिउँदमा सुक्खा हुँदा असला माछा लोप हुन थालेका स्थानीयको भनाइ छ । मोदी खोलामा सञ्चालित, निर्माणाधीन र निर्माणको प्रक्रियाका सातवटा जलविद्युत् आयोजना छन् ।

हाल निर्माण सम्पन्न भइसकेका दुईवटा आयोजनाले न्यूनतम रूपमा खोलामा छाड्नुपर्ने पानीसमेत नछाडेका मोदी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पौडेलले बताए । ‘खोलामा पानीको मात्रा कम हुँदा माछालगायत जलचरहरू संकटमा पर्दै गएका छन्,’ पौडेलले भने ।

माछा व्यवसाय संकटमा
अम्बोट गण्डकी प्रदेशमै असला माछाका लागि प्रसिद्ध मानिन्छ । तर, आजभोलि अम्बोटका होटेलले नै भनेजति असला माछा पकाउन नपाएका व्यवसायी नवराज क्षेत्रीले बताए । ‘खोलामा माछा नपाइँदा त्यसको असर व्यवसायमा परेको छ,’ उनले भने । कतिपय ठाउँमा त सुरुङका कारण खोलानालासमेत सुकिसकेको क्षेत्रीले बताए । ‘पहिला निकै माछा पाइने ठाउँमा अहिले हराउँदै गएका छन्,’ उनले भने, ‘खोजेको मात्रामा माछा नपाउने मात्रै होइन, तल्लो मोदीका कारण अम्बोटे खोलासमेत सुकिसक्यो ।’

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);