काठमाडौँ, २२ भदौ । वैदेशिक रोजगार विभागले हिसाबकिताब नबुझाउने ३० म्यानपावरलाई कारबाही गरेको छ । विभागले बढी लागत खर्च लिने ५ वटा म्यानपावरको कामकारबाहीमा रोक लगाएको छ।
विभागका महानिर्देशक विश्वराज पाण्डेका अनुसार शून्य लागतको अवस्था पत्ता लगाउन विभागले मागेको हिसाबकिताब नबुझाएका म्यानपावरलाई कारबाही गरिएको हो।
‘स्पष्टीकरण नबुझाउनेलाई एक लाख र स्पष्टीकरण बुझाउनेलाई ५० हजार रुपैयाँ जरिवाना गरी सचेत गराइएको छ,’ महानिर्देशक पाण्डेले भने। आजको कान्तिपुरमा खबर छ।