नेपालमा पारमाणविक भट्टी स्थापना गर्नुको कुनै औचित्य छैन : सांसद | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

नेपालमा पारमाणविक भट्टी स्थापना गर्नुको कुनै औचित्य छैन : सांसद

काठमाडौं, १६ असार । सरकारले ल्याएको ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रति सांसदहरुले आपत्ति जनाएका छन् ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिको सोमबारको बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले विधेयक राष्ट्रको हित हुनेगरी नआएको भन्दै आपत्ति जनाएका हुन् ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिको सोमवारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले युरोपियन मुलुकहरुका समेत पारमाणविक भट्टी हटाउने काम भईरहेका बेला नेपालमा त्यसको स्थापनाको आवश्यक्ता नरहेको बताउनुभयो ।

त्यसैगरी सत्तारुढ नेकपाका सांसद भिम रावलले पारमाणविक भट्टी स्थापना गर्न ल्याइएको सो विधेयक राष्ट्रको हितमा नरहेको दाबी गर्नुभयो । रावलले पारमाणविक भट्टी निजी क्षेत्रलाई खोल्न दिने सरकारको प्रस्तावप्रति पनि आपत्ति जनाउनु भयो ।

बैठकमा पूर्व स्वास्थ्यमन्त्री तथा समितिका सदस्य डाक्टर भरत प्रधानले पारमाणविक भट्टी नेपालको आवश्यक्ता नभएको उल्लख गर्नुभयो । उहाँले मुलुकलाई नै ध्वस्त पार्ने खालका आणविक भट्टी नेपालको हितमा नरहेको पनि बताउनु भयो ।

सांसद प्रधानले रेडियोधर्मी पदार्थको सुरक्षित प्रयोग नभएका कारण क्यान्सर जस्ता प्राणघातक रोग लाग्ने भएकाले सो सम्बन्धि कानुन निर्माण गर्न भने उपयुक्त हुने बताउनु भयो ।

भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक विद्यापति झाले रेडियोधर्मी पदार्थको सुरक्षित प्रयोगको अभावमा धेरैले क्यान्सर जस्ता रोगका कारण ज्यान गुमाउनु परेकाले त्यसको उचित प्रयोगका लागि आवश्यक कानुन बनाउन सरकारलाई सुझाव दिनु भयो ।

उहाँले रेडियोधर्मी पदार्थको प्रयोगलाई सुरक्षित बनाउन आवश्यक प्रविधि भित्र्याउने व्यवस्था पनि तत्काल गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । विधेयकमा पारमाणविक भट्टी स्थापनाका लागि निजी क्षेत्रलाई दिने सरकारको प्रस्तावप्रति विज्ञहरुको पनि आपत्ति छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);