विवादास्पद सुपुर्दगी विधेयक खारेज गर्न माग गर्दै हङकङवासी फेरी सडकमा | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

विवादास्पद सुपुर्दगी विधेयक खारेज गर्न माग गर्दै हङकङवासी फेरी सडकमा

हङकङवासी फेरी सडकमा

एजेन्सी, ६ असार । विवादास्पद सुपुर्दगी विधेयक फिर्ता लिन तथा प्रमुख कार्यकारीको राजीनामाको माग गर्दै हङकङमा पुनः लाखौं मानिसहरु सडकमा ओलिएका छन् ।

प्रदर्शनकारीले सरकारी कार्यालय घेराउ गर्नुका साथै बिधेयक पूर्ण रुपमा खारेज गर्नुपर्ने माग राखेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । विधेयक पूर्ण रुपमा फिर्ता लिन दिएको म्याद शुक्रबार सकिएसँगै हङकङका नागरिकले प्रदर्शनलाई फेरी निरन्तरता दिएका हुन् ।

सरकारले उक्त विधेयक अनिश्चितकालसम्मका लागि स्थगित गरेपनि त्यतिले नपुग्ने भन्दै प्रदर्शनकारीले विधेयक पूर्ण रुपमा खारेज नै गर्नुपर्ने र हङकङ शहरकी प्रमुख कार्यकारी क्यारी लामले तत्काल राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् ।

अघिल्लो साता उक्त विधेयक विरुद्ध दशौं लाख मानिसहरुले प्रदर्शन गरेपछि सरकार पछि हट्दै उक्त विधेयक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको घोषणा गरेको थियो ।

नयाँ सुपुर्दगी कानून लागू भएमा हङकङवासीको स्वतन्त्रता तथा मानवअधिकार हनन् हुनसक्ने र हङकङका नागरिकलाई मुख्यभूमि चीनतर्फ सुपुर्दगी गरिने भन्दै त्यसको विरोध हुँदै आएको छ । उक्त बिधेयकमा हङकङका जेलमा रहेका नागरिकलाई चीनमा सुपुर्दगी गर्ने ब्यवस्थाको हङकङका नागरिकले बिरोध गर्दै आएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);