बिहारमा महामारी: ज्यान गुमाउने बालबालिकाको संख्या एक सय नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

पुष ११ २०८१, बिहीबार

बिहारमा महामारी: ज्यान गुमाउने बालबालिकाको संख्या एक सय नाघ्यो

bihar maa mahamari

काठमाडौं, ३ असार । भारतको बिहारमा पछिल्लो समय फैलिएको महामारीका कारण ज्यान गुमाउने बालबालिकाको संख्या एक सय नाघेको छ ।

बिहारमा एक्यूट इनसेफलाइटिस सिन्ड्रोमको महामारी फैलिएको अनुमान छ । अहिलेसम्म १०३ बालबालिकाको ज्यान गएको पुष्टि भएको स्थानीय अधिकारीले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । १० वर्ष भन्दा कम उमेरका कम्तिमा २०० बालबालिकाको उपचार भइरहेको छ । अधिकांशको हाइपोग्लाइसिमिया या रगतमा चिनीको मात्रा कम भएका कारण ज्यान गएको राज्यका अधिकारीले बताएका छन् ।

सन् १९७० को दशकको अन्त्यतिर इनसेफलाइटिस पहिचान भए यता भारतको बिहार उत्तर प्रदेशमा हजारौँ बालबालिकाको ज्यान गएको छ । बिहार राज्य सरकारले बिरामीको उपचार खर्च आफूले बेहोर्ने बताएको छ । केन्द्र सरकारले पनि सम्भव भएका सबै सहयोग गर्ने बताएको छ । जुन महिनाको सुरुवातसँगै सुरु भएको महामारीका कारण ज्यान गुमाउने अधिकांश मुजफ्फरपुरका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);