कांग्रेस नेतामाथि प्रश्नैप्रश्न | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

कांग्रेस नेतामाथि प्रश्नैप्रश्न

congress

काठमाडौं, २८ जेठ । कांग्रेसका स्थानीय तहका कार्यकर्ताले पार्टी कमजोर हुँदै गएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन्। जिल्लामा खटिएका केन्द्रीय नेतासमक्ष कार्यकर्ताले संगठन लथालिंग बनाएको र प्रतिपक्षीको भूमिका बलियो बनाउन नसकेको जस्ता प्रश्न राखेका छन्।

पहिलो चरणको जागरण अभियान प्रभावकारी बनाउन कांग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको थियो। केन्द्रीय प्रतिनिधिले आफ्ना जिल्लामा एक महिना बसेर त्यहाँको अभियान संयोजन गरेका थिए।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले स्थानीय तहबाट सभापति पार्टी नेतृत्वको भूमिकाप्रति विभिन्न प्रश्न आएको बताए। उनले भने, ‘कार्यकर्ताले केन्द्रको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेको पाइयो।’

नेता केसीका अनुसार ढेड वर्षअघिको निर्वाचनमा नराम्ररी हारेको कांग्रेस अझै सभापतिको घेराबन्दीबाट बाहिर निस्कन नसकेको गुनासो कार्यकर्ताबाट आएको बताए। उनले भने, ‘सभापति देउवाले निर्वाचनमा दुई कम्युनिस्ट पार्टी मिलेका कारण हारेको भन्दै आफूलाई बचाउ गरेका छन्। तर यसमा कार्यकर्ता सहमत छैनन्।’

जागरण अभियानका क्रममा कञ्चनपुर गएका केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टीको केन्द्रप्रति तल्लो तहमा व्यापक गुनासा र आशंका रहेको बताए। ‘पार्टीको संगठनदेखि निर्वाचन परिणाम र अहिले प्रतिपक्षीको भूमिकामाथि नेताकार्यकर्ता सन्तुष्ट छैनन्’, घिमिरेले भने, ‘कांग्रेस कतै अझै कमजोर त बन्दै जाने होइन भन्ने त्रास स्थानीय नेताकार्यकर्तामा देखियो।’ पार्टीको वैधानिक संगठन कमजोर हुँदा केन्द्रदेखि स्थानीय तहसम्म नेकपाको दबदबा रहेको घिमिरेले बताए। उनका अनुसार तल्ला तहका कार्यकर्तामा नेता बलियो हुने र कांग्रेस झन् कमजोर हुँदै जाने शंका छ। यो समाचार आजको अन्नपुर्ण पोष्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);