१३ जना सवार भारतीय वायुसेनाको विमान अझै सम्पर्कविहीन | ईमाउण्टेन समाचार

Our Network

पुष १३ २०८१, शनिबार

१३ जना सवार भारतीय वायुसेनाको विमान अझै सम्पर्कविहीन

airforce an-32

एजेन्सी, २२ जेठ । सोमवारदेखि हराएको भारतीय वायुसेनाको विमान एएन–३२ अहीलेसम्म पनि पत्ता लाग्न नसकेको जनाइएको छ । उक्त बिमान गत सोमवार असमको जोराहटबाट अरुणाञ्चलका लागि उडेको थियो ।

१२ बजे उडेको बिमान १ बजेपछि सम्पर्क बिहीन भएको थियो । विमानमा चालक दलका आठ जना र अन्य यात्रु पाँचजना गरी १३ जना रहेका छन ।बिमानको खोजी कार्य तीब्र पारिएपनि हालसम्म कुनै जानकारी प्राप्त हुन नसकेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

खराब मौसमका कारण खोजी कार्यमा समस्या आइरहेको र स्याटलाइट, स्पाई एयरक्राफ्ट, फाइटर प्लेन, हेलिकोप्टर तथा सेनाका जवानले खोजी जारी राखेका जनाइएको छ । विमानको अन्तिम लोकेशन अरुणाचल प्रदेश को पश्चिम सिन्याग जिल्लामा चीनको सीमा नजिक फेला परेको थियो । विमान सोही क्षेत्र आसपास रहेको हुनसक्ने अनुमान गरिएको छ ।

अरुणाचल प्रदेश का गृहमन्त्री बमांग फेलिक्सका अनुसार पाँच जिल्लाका नागरिक र प्रहरी प्रशासनलाई पनि बिमानको खोजीमा सहभागी गराइएको छ । विमान हराएको क्षेत्र घना वन र दुर्गम रहेको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);