सगरमाथामा मृत्युको व्यापार | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

सगरमाथामा मृत्युको व्यापार

sagarmatha

काठमाडौं, २१ जेठ । सगरमाथा आरोहण गर्न २५ हजार अमेरिकी डलर (करिब २८ लाख) लिने आरोहण कम्पनीले आरोहीको मृत्यु हुँदा भने करिब एक करोड रुपैयाँसम्म असुल गर्न थालेका छन् ।

आरोहीको मृत्युपछि आधार शिविरसम्म शव ल्याउँदा मागिने ठूलो रकमले आरोहणप्रति नकारात्मक धारणा बढ्ने आशंका यस क्षेत्रका व्यवसायीले गर्न थालेका छन् ।

आरोहणमा गुणस्तरीय सेवा दिने र दुर्घटना कम गराउन सुरक्षाका उपाय अवलम्बन गर्नसमेत यसमा संलग्न कम्पनीहरु चुक्न थालेका छन् । यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

पदयात्रा क्षेत्रमा ‘फेक रेस्क्यु’ ले पारेको नकारात्मक असरभन्दा ठूलो प्रभाव अब आरोहणमा हुने मृत्यु र घटनास्थलबाट शव ल्याउने क्रियाकलापबाट पर्ने देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);