एक सय वर्षकी आमाले ८२ वर्षको छोरालाई स्याहार्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

एक सय वर्षकी आमाले ८२ वर्षको छोरालाई स्याहार्दै

rochak

एजेन्सी, २० जेठ । लीवरपूल इङ्ग्याण्डकी एक सय वर्षीया एडा किन्टिगका चारजना सन्तान छन् । जहाँ ८२ वर्षको छोरालाई १०० वर्षकी आमाले स्याहारसुसार गर्दैछिन् ।  जसमध्ये टोम किन्टिग सबैभन्दा जेठो छोरा हुन् ।

सन् २०१६ मा स्याहार गर्ने कोहि नभएपछि टोम मास भ्यू केयरहोम गएका थिए । कहिल्यै बिहे नगरेका टोमले केयरहोम गएको थाहा पाएपछि एडा निकै चिन्तित बनिन् ।

त्यसपछि उनी छोराको हेरचाह गर्न उनीसँगै केयरहोम गइन् । उनीहरु तीन वर्षदेखि सँगै बस्दै आइरहेका छन् । उनी नर्स हुन् । त्यसैले पनि उनी केयरहोमका कर्मचारीलाई पनि सहयोग गर्छिन् ।

उनीहरु दिनभरी सँगै हाँसखेल गर्छन् । विहान टोम उठ्नुभन्दा अगाडि नै एडाले उनको लागि खाना, खाजा तयार गर्ने गर्छिन् । एउटा अन्तरवार्तामा एडाले भनिन्, ‘तपाईं कसरी भूल्न सक्नुहुन्छ कि तपाईं आमा हो । म कहिल्यै पनि टोमको हेरचाह गर्न बिर्सिन्न ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);