सगरमाथाको चुचुरोमा हस्तमैथुन गरेर नेपालीहरूको अपमान गर्नेलाई कारबाही खोई ? | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

सगरमाथाको चुचुरोमा हस्तमैथुन गरेर नेपालीहरूको अपमान गर्नेलाई कारबाही खोई ?

Sagarmatha-American

काठमाडौं, १२ जेठ । विश्वकै अग्लो चुचुरो सगरमाथाको पवित्र स्थानमा बसेर एकजना अमेरिकन नागरिकले हस्तमैथुन गरेर नेपाल र नेपालीहरूको अपमान गरेपनि कार्कावाहीकाे कुनै प्रकृया थालिएकाे छैन ।

अमेरिकाको भर्जिन आइल्यान्डका एक ३६ वर्षीय युवकले सगरमाथा शिखरमा हस्तमैथुन गरेर रेकर्ड कायमको दुस्साहस गरे । ह्युज ए रेक्सहनले विश्वको सर्वोच्च शिखर सगरमाथामा हस्तमैथुन गरिरहेको तस्बिर सामाजिक सञ्जालमा राखियाे ।

‘आज सगरमाथासँगका सबै कीर्तिमानहरू तोडिँदै गर्दा हामीले पहिलोपटक पृथ्वीको सबैभन्दा उच्च शिखरमा हस्तमैथुन गरेको देखेको छौँ’, करिम शाह निजारीले ट्वीटमा तस्वीर राखेर भनेका छन्, ‘भर्जिन आइल्यान्डका ३६ वर्षीय ह्युज ए रेक्सहनले स्थानीय समयअनुसार ११ः११ बजे बिहान १ सय २० दर्शकहरूको उपस्थितिमा यो उपलब्धि हासिल गरेका हुन् ।’

करिम शाह निजारीले हस्तमैथुन गर्दै गरेको तस्वीर ट्वीटरमा पोस्ट गर्दै ट्वीट गरेका छन् । रेक्सहन बिहीबार सर्वोच्च शिखर सगरमाथा पुगेका हुन् ।

अमेरिकन नागरिकले विश्वकै सर्वोच्च शिखर सथरमाथाको चुचुरोमा पुगेर गरेको यो दुश्सासको चौतर्फी विरोध भएको छ । सगरमाथाको चुचुरोमा पुगेर हस्तमैथुन गर्ने अनुमति कसले र किन दियो भनेर सरकारको आलोचना भएको छ । सामाजिक सञ्जालमा सगरमाथाको चुचुरोमा हस्तमैथुन गर्ने अमेरिकन नागरिक उनीसँगै रहेका साथीहरूलाई कारबाहीको माग गरिएको छ ।

नेपालको आस्थाको केन्द्र सगरमाथाको चुचुरोमा भगवान गौतम बुद्धको मूर्ति पनि राखिएको छ । यति पवित्र स्थानमा उट्पट्याङ गर्नेहरूलाई छुट दिन नहुने माग उठेको छ ।

अमेरिकन नागरिकले सगरमाथाको चुचुरोमा हस्तमैथुन गर्दै गरेको तस्वीर खिचाएका छन् । उनको यो कार्यले पौने तीन करोड नेपालीहरूको चित्त दुखाएको छ । ती अमेरिकन नागरिकविरुद्ध सामाजिक सञ्जालमा आलोचना भएको भएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।