पोखराबाट देहरादुनसम्म सिधा बस सेवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

पोखराबाट देहरादुनसम्म सिधा बस सेवा

pokhara-deharadun

काठमाडौं, ९ जेठ । पर्यटकीय सहर पोखराबाट भारतको देहरादुन सम्म सिधा बस सेवा बुधवार देखि सञ्चालनमा आएको छ। पृथ्वी राजमार्ग बस सेवा समितिले पोखरा र भारतको देहरादुनसम्म सिधा बस सेवा सञ्चालन भएको हो। पृथ्वी राजमार्ग बस सेवा अन्तरगको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले हप्तको एक दिन बुधबार बस सेवा सञ्चालन गर्ने छ।

यो सेवा सुरुसँगै आम नागरिकले सस्तो भाडामा देहरादुन सम्मको यात्रा सहज हुने पृथ्वीराजमार्ग बस संचालक समितिका अध्यक्ष एनकुमार साईले सुनाए। बस सेवा पोखराबाट नारायणगढ बुटबल, महेन्द्रनगर बनबास रुद्रपुर हरिद्धारा ऋषिकेश हुँदै देहरादुनसम्म पुग्ने छ। पोखराबाट गएका बस शनिबार देहरादुनबाट फर्किने छ। उनले छिटै नै भारतको पटना र पोखरा जोड्ने गरी बस सेवा सञ्चालनमा ल्याउन तयारी गरेको पनि बताए।

भारतको नयाँ दिल्ली पोखरा बस सेवा दिँदै आएको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले दिल्ली बस सेवा गरेको १२ बर्ष पछि देहरादुन बस सेवा सुरु गर्ने लागेको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सका सञ्चालक केशव अधिकारीले बताए। देहरादुन सम्मको भाडादर एक जनाको एकतर्फी ४ हजार ३२० लाग्ने छ । नेपाली विद्यार्थी, व्यवसायी, विरामी र पर्यटनमा बस सेवाले सहयोग पुग्ने छ।  यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);