समाचार लेखेकै आधारमा पत्रकार दण्डित हुनुपर्दैन : सञ्चारमन्त्री | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

समाचार लेखेकै आधारमा पत्रकार दण्डित हुनुपर्दैन : सञ्चारमन्त्री

gokul

काठमाडौं, २९ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सत्य तथ्य समाचार लेखेकै आधारमा पत्रकार दण्डित हुन नपर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश ३ को भेला तथा गोसाइँकुण्ड गाउँपालिका भ्रमण वर्ष २०१९ को अवसरमा आयोजित कार्यक्रममा बाँस्कोटाले भ्रमको पछाडि नलाग्न आग्रह गरे ।

लेखेबापत अहिले डेढ करोड जरिवाना गर्ने भन्ने भ्रामक हल्ला फैलाएको बताउँदै बाँस्कोटाले भ्रामक, तथ्यहीन तथा आधारहीन समाचार लेख्नेलाई मात्र कारबाही गरिने स्पष्ट पारे । उनले प्रश्न गर्दै भने, ‘देशलाई खत्तम बनाऊ, खरानी बनाऊ, युद्धमा आऊ, मान्छे मार, हतियार समाऊ, लुट्न पाइन्छ लुट भनेर आह्वान गर्नेलाई कारबाही नगरेर कसलाई गर्ने ?’

नेपालको पत्रकारिता क्षेत्रको विकास र सुधारका लागि सञ्चार मन्त्रालयले पाँचवटा कानुन अगाडि बढाएको उनले जानकारी दिए । उनले भने ‘बन्न लागेका ऐन–कानुनले सञ्चार माध्यमलाई आर्थिक रूपमा सक्षम बनाउने, न्यूनतम पारिश्रमिक अनिवार्य गराउने, ठगीमाथि नियन्त्रण गर्ने, मिडियालाई पारदर्शी बनाउने काम गर्छ ।’

 उत्पादकत्व वृद्धिमा जोड
मन्त्री बाँस्कोटाले समृद्घ नेपाल निर्माण गर्न कृषि, जलविद्युत् तथा पर्यटन व्यवसायको विकास आवश्यक रहेको बताए । गोसाइँकुण्ड गाउँपालिकाद्वारा आयोजित विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको शनिबार उद्घाटन गर्दै बाँस्कोटाले प्राकृतिक स्रोतको पहिचान गरी उत्पादकत्व वृद्घि गर्नुपर्नेमा जोड दिए । पालिकामा सञ्चालन हुने खेलकुद प्रतियोगिताले राष्ट्रिय खेलाडी जन्माउनेसमेत उनले बताए । यो समाचार आजको नयाँ पत्रिकामा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);