राधिका बुढाथोकी
सिन्धुली, २७ बैशाख । सिन्धुलीस्थित जिल्ला बाल संजाल र किशोरी संजालले बालिकामाथि हुने यौन यौन दुर्व्यवहारविरुद्ध सिन्धुलीमाढीमा विरोध र्याली निकालिएको छ । र्यालीमा दोषीमाथि कारबाही गर्न माग गर्दै लेखिएका विभिन्न प्ले कार्ड र व्यानरसहित किशोर कोशोरी सहभागी भएका थिए । विरोध प्रदर्शनमा सहभागीहरुले दोषीलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र समेत बुझाएका छन् ।
दोषीलाई कारबाही गर्नु पर्नेमा उल्टै प्रदेश सांसद तथा जनप्रतिनिधिले संरक्षण गरेको आरोप बाल संजालकी अध्यक्ष सङ्गिता श्रेष्ठले लगाउनुभयो । फिक्कल गाउँपालिका १३ स्थित माध्यमिक विद्यालय रातमाटा खोलागाउँमा प्राथमिक तहमा कार्यरत अन्दाजी ४५ वर्षका शिक्षक चिरञ्जीवी पहाडीले फिक्कल गाउँपालिकाका आफ्ना पुर्वविद्यार्थीहरु १४ र १५ वर्षीया दुई किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।
घटनापछि पहाडी फरार रहेका छन् । दोषीलाई कारबाही नगरी उल्टै प्रदेश सांसद तथा जनप्रतिनिधिले संरक्षण गरेको भन्दै कारर्वाहीको लागि दबाब ¥याली प्रदर्शन गरिएको बताइन्छ । दोशिलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई संजालले ज्ञापन पत्र पनि बुझाएको छ ।
घरमा सुतिरहेको बेला मध्यरातमा शिक्षक पहाडी मदिराले मातेर बालिकामाथि दुर्व्यवहार गरेको पीडित बालिकाहरुको आरोप छ । स्थानीयस्तरमा हुने यस्ता घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा प्रदेश सांसद प्रदिप कटुवालले धम्की दिएको पीडित बालिकाहरुको दुखेसो छ ।
फिक्कल गाउँपालिका–३ चनौटेमा आयोजना गरिएको शैक्षिक गुणस्तर सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सकेर फर्कने क्रममा शिक्षक चिरन्जीवी पहाडीले ती किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा मुद्दा पनि दर्ता भएको छ ।
फिक्कल गाउँपालिका–३ का वडा अध्यक्ष टेकबहादुर रजन मगर र वडा सदस्य दिपक बहादुर श्रेष्ठले लुकाउने र भगाउने गरेको पीडितका आफ्न्तहरुको आरोप छ । जिल्ला बाल संजाल तथा किशोरी संजालको संयुक्त आयोजनामा भएको दबाब र्यालीमा प्रदर्शनकारीले बालिकाको सुरक्षाको माग गरेका थिए ।