नेकपामा नयाँ समिकरण, प्रचण्ड र राष्ट्रपति एक भए : ओली प्रधानमन्त्री, प्रचण्ड पार्टी अध्यक्ष हुन्छन् : डा. विष्णु दाहाल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

पुष १४ २०८१, आइतबार

नेकपामा नयाँ समिकरण, प्रचण्ड र राष्ट्रपति एक भए : ओली प्रधानमन्त्री, प्रचण्ड पार्टी अध्यक्ष हुन्छन् : डा. विष्णु दाहाल (भिडियोसहित)

kharo prashna with bishnu dahal

काठमाडौं, २६ बैशाख । नेपालको राजनीतिमा नयाँ घटनाक्रम विकास भएका छन् । उपेन्द्र यादवको संघीय समाजवादी फोरम र डा बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीबीच एकीकरण भएको छ । एकताको विषयलाई पार्टीहरु मिल्नु ठिक हो भनेर सामान्य प्रतिक्रिया दिने विज्ञहरु पनि छन् र यो एकीकरणको प्रक्रिया मार्फत मुलुक अर्कै चरणमा जादै छ भन्ने मानिसहरु पनि छन् । यसरी विपक्षी राजनीतिक दलहरु एकीकृत हुदै जादा यसले के संकेत गरिरहेको छ भनेर चर्चा-परिचर्चा र विश्लेषणहरु चलिनैरहेको बेलामा सरकारले ल्याएको नीति तथा कार्यक्रममा विषयबस्तु भन्दा शब्दमा केन्द्रित भएको कुरा चर्चाको विषय बनेको छ । यस्तो बेलामा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले फेरी पनि म जंगल जान सक्छु भनेर अभिव्यक्ति दिनुभएको छ । यी घटनाक्रमले कस्तो चित्र देखाउछ ? के राष्ट्रपति सक्रिय हुन खोज्नु भएको हो ? नेकपामा कुन गुट बलियो छ ? प्रचण्ड किन जंगल जान्छु भन्दै हुनुहुन्छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक डा. विष्णु दाहालसंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);