नीति तथा कार्यक्रम : इतिहासकै तीव्र आर्थिक विकास वर्ष | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

नीति तथा कार्यक्रम : इतिहासकै तीव्र आर्थिक विकास वर्ष

niti tatha karyakram

काठमाडौं, २१ बैशाख । सरकारले राजनीतिक उपलब्धि संस्थागत मुलुकबाट भई सबै किसिमका संक्रमणकाल अन्त्य भएको दाबी गरेको छ। आगामी वर्ष इतिहासकै ‘तीव्र विकासको वर्ष’ हुने र स्थायित्व हुने घोषणासहितको नीति तथा कार्यक्रम सरकारले सार्वजनिक गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसद्को संयुक्त सदनको शुक्रबारको बैठकमा सरकारको आर्थिक वर्ष ०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको हो। संविधान कार्यान्वयनमा सिंगो राष्ट्र एक बनेको, महत्त्वपूर्ण ऐनकानुन निर्माण भई संघीय संरचना निर्माण भएको र मुलुकबाट पृथक्तावाद एवं विखण्डनवादी हिंसाको राजनीति अन्त्य भएको सरकारको दाबी छ। ‘नेपाली जनताको त्याग, बलिदान र संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि सफलतापूर्वक संस्थागत गरिएको छ। थप सुदृढ र समुन्नत बनाइएको छ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘सबै किसिमका संक्रमण अन्त्य भई शान्ति र स्थायित्व कायम भएको छ।’

पाँच वर्षका लागि निर्वाचित नेकपा नेतृत्वको सरकारले दोस्रो वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। सरकारले संविधान कार्यान्वयनमा सिंगो राष्ट्रलाई एक बनाउन सफल भएको दाबी गरेको छ। पहिलो वर्ष समृद्धिको इतिहास रच्न रच्ने आधार बनाउन सफल भएको नीति तथा कार्यक्रममा उल्लेख छ। ‘द्वन्द्व होइन, मैत्रीभाव, असन्तुष्टि होइन सक्रियता, फाटो होइन एकता, नेपालीको मूल चरित्रका रूपमा विकसित हुँदैछ,’ नीति तथा कार्यक्रममा छ। अन्तरप्रदेश परिषद् र अन्तरसरकारी वित्त परिषद्को क्रियाशीलताले संघ, प्रदेश र स्थानीय तहमा समान धारणा विकास भएको सरकारको दाबी छ। विगतमा प्रदेश र केन्द्र सरकारबीच अधिकार र शक्ति बाँडफाँटमा विवाद थिए। सरकारले आपसमा स्वस्थ प्रतिस्पर्धात्मक विकास अभियान सञ्चालन गर्न प्रदेश र स्थानीय तहलाई उत्प्रेरित गर्ने जनाएको छ।

आर्थिक नीतिबाट उत्साहजक परिणाम देखिन थालेको भन्दै सरकारले यस वर्ष ७ प्रतिशत आर्थिक वृद्धिदर भएको जनाएको छ। राष्ट्रिय बचत २७ प्रतिशतले वृद्धि भई मुलुकभित्र पुँजी निर्माणको बलियो आधार तयार भएको सरकारले जनाएको छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);