माग पूरा नभए संघर्षः संसद कर्मचारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

माग पूरा नभए संघर्षः संसद कर्मचारी

sanghaiya samsadh

काठमाडौं, १९ बैशाख । संघीय संसद सचिवालय कर्मचारी युनियनले आफ्ना माग पूरा नभए संघर्ष गर्ने चेतावनी दिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा लेखेको छ ।

संघीय संसद सचिवालयका कर्मचारीको छाता संगठन युनियनले संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले गत मंगलबारका विभिन्न निर्णय सार्वजनिक नगरेको भन्दै आपत्ति जनाएको छ ।

युनियनका अध्यक्ष मेघराज अर्यालद्वारा जारी प्रेस विज्ञप्तिमा समितिले गरेको निर्णय सार्वजनिक नगरिनुले शंका उत्पन्न भएको उल्लेख छ । समितिले गरेको निर्णय कर्मचारीको हकहित विपरीत भएको हुनसक्ने भन्दै युनियनले निर्णय अस्वीकार गर्ने र संघर्ष गर्ने जनाएको हो ।

युनियन अध्यक्ष अर्यालले वर्तमान अवस्थाको अध्ययन गरी सुविधा नदिए आफूहरु चुप लागेर नबस्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);