विराटनगर, १७ बैशाख । प्रदेश-१ सरकारले धनकुटालाई सम्पर्क राजधानी तोकेको छ । प्रदेश–१, को मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो ।
यो बिषयले प्रदेश १ मा नयाँ तंरग ल्याएको छ । क्षेत्रीय प्रशासन कार्यालय धनकुटा भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने गरि निर्णय भएको छ । धनकुटा यसअघि पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम थियो ।
त्यस्तै प्रदेश १ को यातायात कार्यालय पनि धनकुटामै राख्ने निर्णय समेत प्रदेश सरकारले गरेको छ । प्रदेशको नाम र राजधानीका बारेमा छलफल गर्न नेकपा, कांग्रेस लगायत दलहरुको बुधवार बैठक बस्ने नेताहरुले जनाएका छन् ।