जनप्रतिनिधिले नै झुक्याएर पास गरे अशक्त महिलाको ३२ कट्ठा जग्गा | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

जनप्रतिनिधिले नै झुक्याएर पास गरे अशक्त महिलाको ३२ कट्ठा जग्गा

ghar-jagga

रुपन्देही, १७ बैशाख । रुपन्देहीको मर्चवामा वडाध्यक्षले नै सर्वसाधरणको जग्गा झुक्याएर हडपेको खुलासा भएको छ । रुपन्देहीको कोटहीमाई, ४ वडाध्यक्ष ओमप्रकाश पाण्डेयसमेतको मिलेमतोमा सात जनाले कमलावती पालको ३२ कट्ठा सात धुर जग्गा झुक्याएर आफ्नो नाममा सारेको छन् । ४९ वर्षीय पाल बोल्न र हिड्न सक्दिनन् ।

वडाध्यक्ष पाण्डेयले पालको जग्गा आफ्नै छोरा राजेश पाण्डेयसहित सात जनाको नाममा सारिदिएका छन् । आफ्नो नाममा जग्गा छोराको नाममा गराउने भनी कमलावतीलाई कार्यालयमा लगेर वडाध्यक्षले आफ्नै छोराको नाममा जग्गा नामसारी गरिदिएको कमलावतीका छोरा सुभाष लोनियाले बताए  । यो समाचार नयाँ पत्रिकामा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);