संघीय संसद्को चौथो अधिवेशन आजबाट सुरु | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

संघीय संसद्को चौथो अधिवेशन आजबाट सुरु

sanghiya samsadh

काठमाडौं, १६ बैशाख । संघीय संसद्को चौथो अधिवेशन आजबाट सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ४ बजे अधिवेशन आह्वान गरेका हुन् । अधिवेशन सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस, बजेट प्रस्तुत तथा संविधान कार्यान्वयनका कानुन निर्माणमा केन्द्रित हुनेछ ।

तेस्रो अधिवेशन अन्त्य भएको एक महिनापछि चौथो अधिवेशन आह्वान गरिएको हो । चालु अधिवेशन सरकारका वार्षिक कार्यक्रम र कानुन निर्माणमा केन्द्रित हुने प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जानकारी दिए । यो समाचार आजको हिमालय टाइम्स दैनिकमा लेखेको छ ।

पहिलो बैठकमा राष्ट्रपतिबाट अधिवेशन बोलाएको सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । हिउँदे अधिवेशनपछि निधन भएका तीन पूर्व सांसदप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूचि निर्माण गरिएको हो । यस्तै, बैठकमा दुवै सदनमा सत्तारुढ र विपक्षी दलका नेताले सम्बोधन गर्ने सम्भावना पनि छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);