काठमाडौं, ११ बैशाख । आज १४ औँ लोकतन्त्र दिवस विविध कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । वि.सं. २०६१ साल माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भएको थियो ।
वि.सं. २०६२ साल मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुबमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुबमा आएपछि आन्दोलनले गति लिन थाल्यो ।
आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले २०६२ बैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । सोही दिनलाई लोकतन्त्र दिवसको रूपमा मनाइदै आएको छ ।
लोकतान्त्रिक आन्दोलनमा होमिएका सर्वसाधारणहरुले लोकतन्त्र स्थापनापछिका वर्षहरुले आफुहरुले निरास पारेको तथा खोजेजस्तो लोकतन्त्र नपाएको बताएका छन् ।