प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने एक युवा प्रहरी नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने एक युवा प्रहरी नियन्त्रणमा

बुटवल, ७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलको जीतगढीमा एक युवाले कालो झण्डा देखाएका छन् । जीतगढी विजयोत्सवमा मन्तव्य दिइरहेका बेला प्रधानमन्त्री ओलीलाई अर्घाखाँचीका रुद्रप्रसाद घिमिरेले कालो झण्डा देखाएका हुन् । प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने युवालाई प्रहरीले तत्काल पक्राउ गरेको छ ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसवेला प्रधानमन्त्री ऐतिहासिक जीतगढी किल्लाको विषयमा बोलिरहेका थिए । कालो झण्डा देखाउँदै गरेको सबैभन्दा पहिले देखेका ओलीले झण्डा देखाउँदैमा केही नहुने भन्दै उपस्थिती सबैलाई धैर्य गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री ओली सहित उपप्रधानमन्त्री इश्वर पोखरेल, प्रदेश–५ का प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, लगायत सहभागी थिए । मानसिक असन्तुलनका कारण त्यस्तो घटना घटाएको रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी उदय रानाले दाबी गरेका थिए । झण्डा देखाउने घिमिरे कुनै दलसँग आवद्ध भए नभएको पुष्टी भईसकेको छैन ।

Uncategorized‐मा वर्गिकृत

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);