वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका हकवालालाई ३४ करोड २५ लाख | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका हकवालालाई ३४ करोड २५ लाख

paisa

काठमाडौं, ७ बैशाख । सरकारले वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका कामदारकोे हकवालालाई आर्थिक सहायतास्वरूप ३४ करोड २५ लाख रुपियाँ खर्चेको छ। सरकारले चालू आर्थिक वर्षको ८ महिना अर्थात् गएको साउनदेखि फागुनको दोस्रो सातासम्म ५ सय २४ जना मृतकका हकवालालाई उक्त रकम खर्चेको हो। सो अवधिमा मृत्यु भएका कामदारको संख्या भने ५ सय ५३ रहेको छ।

आर्थिक सहायता पाउनेमध्ये ४ सय ८२ जनाले ७ लाख रुपियाँ र ४२ जनाले १० हजार रुपियाँ पाएको वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए।

‘मृतकका हकवालाले आर्थिक सहायताका लागि निवेदन दिइसकेपछि सम्पूर्ण कागजी प्रक्रिया पुगेको छ भने हकवालालाई सकेसम्म १ दिनभित्र रकम उपलब्ध गराउने व्यवस्था गरेका छौं।’ –सुवेदीले बताए।

वैदेशिक रोजगारमा गएको कामदारको करार अवधि र करार अवधि समाप्त भएको एक वर्षभित्र कुनै कारणले मृत्यु भएमा मृतक कामदारका नजिकका हकवालाले मृतक कामदारको मृत्यु भएको प्रमाणित भई शव बुझेको एक वर्षभित्र आर्थिक सहायता माग गर्दे निवेदन दिने व्यवस्था छ।

यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);