रित्तिँदै मालपोत : सेवाग्राही मर्कामा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

रित्तिँदै मालपोत : सेवाग्राही मर्कामा

malpot kalanki

काठमाडौं, ७ बैशाख । भ्रष्टाचार र अनियमिततामा बदनामी कमाएको मालपोत कार्यालयमा कर्मचारी आकर्षण घटेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा पर्न थालेपछि कर्मचारीले मालपोत रोज्न छाडेका हुन्। कर्मचारी घट्दै गएपछि मालपोत कार्यालयमा काम प्रभावित हुन थालेको छ।

भ्रष्टाचारमा मुछिएका १३० जना कर्मचारी अख्तियारको कारबाहीपछि निलम्बनमा छन्। काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र चाबहिल मालपोतका धेरै कर्मचारी निलम्बनमा छन्। चाबहिलका प्रमुख मालपोत अधिकृत (उपसचिव) सहित १३ जना कर्मचारी निलम्बनमा छन्। अख्तियारले तीन मालपोत अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ। नमुनाका रूपमा विस्तार गर्न लागिएको कलंकीको अवस्था पनि त्यस्तै छ। देशभरका मालपोत कार्यालयमा कर्मचारीमाथि अख्तियारले निगरानी गरेको छ। अख्तियारको प्रतिवेदनमा सबैभन्दा धेरै भ्रष्टाचार हुने सम्भावित क्षेत्रमा मालपोतलाई इंगित गरेको छ।

यस्तै १९६ जना कर्मचारी मालपोत छाडेका छन्। उनीहरू कर्मचारी समायोजनमा अन्यन्त्र गएका छन्। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कुल १९०८ दरबन्दी रहेको मालपोतमा ८८६ कर्मचारी रिक्त छन्। प्रमुख मालपोत अधिकृत (उपसचिव) को ५९ दरबन्दीमा ३५ जना रिक्त छन्। ७५ जना मालपोत अधिकृत रिक्त छन् जसको २४९ दरबन्दी हो। सेवा प्रवाहका लागि आवश्यक नायब सुब्बा र खरिदारको अवस्था पनि त्यस्तै छ।

विभागका शाखा अधिकृत देवराज लुइटेलले नासु र खरिदार अभाव रहेको बताए। मालपोतमा ७९४ नासु दरबन्दीमध्ये ३२० जना रिक्त छन्। ४०४ जना खरिदार रिक्त छन्। खरिदारको दरबन्दी ८०६ हो। सातवटै प्रदेशमा रहेका मालपोत कार्यालय कर्मचारीविहीन बन्दै गएका छन्।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);