‘एलनिनो’को प्रभावले मौसममा व्यापक बदली | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

‘एलनिनो’को प्रभावले मौसममा व्यापक बदली

mausam

काठमाडौं, ५ बैशाख । विगतका वर्षमा चैत–वैशाखमा पर्ने पानी दुई–चारपटक परेर टुङ्गिन्थ्यो । उखरमाउले गर्मीपछि जेठको अन्तिम वा असारको पहिलो साता बल्ल मनसुन भित्रिन्थ्यो तर पूर्व मनसुन अर्थात प्रि–मनसुन नै यो पटक भने वर्षा जस्तै भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

दक्षिण एसियाली मौसम प्रणालीमा निर्भर नेपालमा यो वर्ष हिउँ सकिनेबित्तिकै सुरु भएको प्रि–मनसुन निकै बलियो बनेको मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् ।

उनका अनुसार प्रशान्त महासागरको पूर्वीय, पश्चिमी र केन्द्रको वायुको तापक्रम र समुन्द्रको पानीको तापक्रमका आधारमा ‘एलनिनो’ वा ‘लानिना’ मौसम प्रणालीको अनुमान गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);