प्रस्तावित न्यायाधीशविरुद्ध तीन उजुरी | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०८१, आइतबार

प्रस्तावित न्यायाधीशविरुद्ध तीन उजुरी

Sarbocha adalat

काठमाडौं, १ बैशाख । न्यायपरिषद्ले सर्वोच्च अदालतमा गरेको न्यायाधीश सिफारिस न्यायालयको मर्मविपरीत रहेको भन्दै संघीय संसद्को सुनुवाइ समितिमा तीनवटा उजुरी परेका छन् । ती उजुरी विशेषगरी प्रस्तावित न्यायाधीश मनोज शर्मा र प्रकाशकुमार ढुंगानाविरुद्ध छन् ।

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्चका न्यायाधीश सिफारिसमा संविधानले गरेको व्यवस्था, न्यायपरिषद्ले खेल्नुपर्ने भूमिका, न्यायाधीश नियुक्तिमा परिषदको उत्तरदायित्वलगायत बुँदा समावेश गरेर ७ पृष्ठ लामो उजुरी दर्ता गरेका छन् । उनले उजुरीमा विशेषगरी शर्माबारे उल्लेख गरेका छन् । ‘सुनुवाइसम्म पर्खनुहोस्, सबै कुरा बाहिर आउँछ,’ थापाले भने, ‘यसअघिका उजुरी बेनामे हुन्थे, मैले नाम र मोबाइल नम्बरसहित उजुरीमा उल्लेख गरेको छु ।’

ढुंगानाविरुद्ध पनि उजुरी दर्ता भएको छ । ‘उजुरीबारे भन्न मिल्दैन,’ समितिका एक कर्मचारीले भने, ‘दर्ता गर्ने म्याद अझै छ, सार्वजनिक नगरौं ।’ उजुरी दर्ता गराउन वैशाख २ सम्म समयसीमा तोकिएको छ । उजुरीमाथि वैशाख ३ गते छलफल हुनेछ । यस पटकको सिफारिसमा सबभन्दा विवादित मनोज शर्मा देखिएका छन् । उनी पूर्वप्रधानन्यायाधीश दामोदर शर्माका भतिज हुन् ।

शर्मा प्रधानन्यायाधीश भएका बेला उनी फुनरावेदनको अतिरिक्त न्यायाधीश नियुत्त भएका थिए । पछि ऊच्च अदालत गठनका क्रममा अतिरित्त न्यायाधीशहरू पदमुक्त हुँदा उनी फालिएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको शपथग्रहण समारोहमा पुगेका शर्माले त्यसपछि लगातार बालुवाटारस्थित प्रधानन्यायाधीश निवास र कानुनी पृष्ठभूमिका केही नेकपा निकट नेतासँग हिमचिम बढाएको एक अधिवक्ताले आरोप लगाए ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);