आगोको ज्वालासहित ‘टोर्नाडो’ आएको पुष्टि | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

आगोको ज्वालासहित ‘टोर्नाडो’ आएको पुष्टि

bara parsa tornado

काठमाडौं, ३० चैत । नेपालको इतिहासमै पहिलो पटक बारा र पर्सा जिल्लामा आएको ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्टि विज्ञहरूले गरेका छन् ।

तराईको बारा, पर्सा क्षेत्रमा चैत १७ गते आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा सहभागी विज्ञहरूले यस्तो पुष्टि गरेका हुन् । टोर्नाडो पत्ता लगाउन मुख्य भूमिका खेलेका विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठले नेपालको टोर्नाडोले विश्वकै ध्यान खिँचेको जानकारी दिए ।

चट्याङसहितको बादलले पारेको असिनाले पनि टोर्नाडोको विकराल रूप देखाएको उनले बताए । उनका अनुसार एउटा घरको भार १५ पाउण्ड रहँदा टोर्नाडोको क्षमता १३.८ पाउण्डको रहेको थियो । करिब दुई सय किलोमिटर प्रतिघण्टाको हावाको वेगभित्र ३० किलोमिटर प्रतिघण्टा टोर्नाडोको तीव्र वेग थियो ।

आगोको लप्कासहितको चट्याङ त्यस क्षेत्रमा परेको टोलीका संयोजक वरिष्ठ मौसमविद् डा.अर्चना श्रेष्ठले प्रष्ट्याईन् । “डढेका रुख र प्रत्यक्षदर्शीले आधाघण्टा वरपर घुँ घुँ गर्दै घुम्दा आगो देखेको प्रमाण दिएका छन्,” उनले भनिन् , “त्यो रात आकाशको रङ समेत रातो देखिएको पाइएको छ ।” स्थलगत क्षति तथा प्रत्यक्षदर्शीको भिडियो उनले देखाईन् । उनले भनेझैं पश्चिमी वायु पोखरा, चितवनहुँदै बारा,पर्सामा पुग्दा उग्र टोर्नाडोको रूप लिएको थियो । आकाशको चिसो र स्थानीय तातो वायुका उग्रतासँगै सोली आकारको टोर्नाडो धर्ती छुँदै आकाशिएको थियो ।

“नेपालमा पहिलो पटक देखिएको टोर्नाडोको प्रमाण सङ्कलन गर्न जरुरी थियो ,” श्रेष्ठले थपिन् , “चितवन निकुञ्जबाट बाटो बनाउन खोजेको आधार भेटिएको छ, त्यहाँबाट बैरिया पुगेको भेटियो ।” चितवनमै पनि आकाश रातो हुने गरी चट्याङ परेको तस्बिर स्थानीयले खिचेर सामाजिक सञ्जालमा राखेका थिए ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);