काठमाडौं, २५ चैत । एकीकरण प्रक्रिया ११ महिनासम्म अल्झिएपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले जिल्लाको नेतृत्व टुंग्याउन सचिवालयको शीर्ष नेताहरुसँग छुट्टाछुट्टै छलफल सुरु गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।
नेताहरुलाई अलगअलग भेटेर जिल्ला नेतृत्वको सूचीमा सहमत गराउने र त्यो सूची सचिवालयबाट पारित गर्ने तयारी अध्यक्षद्वयले तयारी गरेका छन् ।
त्यसका लागि उनीहरुले आइतबार सचिवालय सदस्य वामदेव गौतमसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल गरे ।