यातायात नीति संशोधनको तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

यातायात नीति संशोधनको तयारी

yatayat-Bivag

काठमाडौं, १४ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय यातायात नीति २०५८ संशोधनको तयारी थालेको छ ।

सत्र वर्ष पुरानो नीतिमा यातायातका क्षेत्रहरूलाई समेट्न नसकेको भन्दै संशोधन गर्न लागिएको हो । संशोधन प्रस्तावको मस्यौदा तयारी भएको र केही दिनमै मन्त्रालयमा पेश गरिने भएको छ ।

यातायात नीति २०५८ अनुसार यातायात भन्नाले सडक यातायातलाई मात्र सम्बोधन गरिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

तर अब रेल तथा जल यातायातलाई पनि सम्बोधन गर्नुपर्ने भएकाले संशोधन गर्न लागिएको मन्त्रालयले जनाएको छ । साथै, नयाँ प्रविधि र नयाँ संरचनालाई पनि संबोधन गर्नुपर्ने आवश्यक रहेको बताइएको छ ।