भगवान शिव बस्ने गुफा : जहाँ एकपटक छिरेपछि कोही फिर्ता आउँदैनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८२, मंगलबार

काठमाडौँ, १७ भदौ । भगवान शिवले बनाएको एउटा अनौठो गुफा र त्यसबारे बारे कैयौँ मान्यता प्रचलित छन् । भनिन्छ कि, जसले यो गुफाको सुरुङभित्र जाने कोसिस गर्यो त्यो व्यक्ति फर्केर आउन सकेको छैन । भारतको जम्मु कास्मिरबाट लगभग १४० किलोमिटरको दुरीमा अवस्थित उधमपुर क्षेत्रमा यो गुफा छ। शिवखोडि नामले परिचित यो गुफा भगवान शिवले नै बनाएको विश्वास गरिन्छ।

 

यस गुफामा भगवान शिवको वास रहेको मान्यता रहिआएको छ। शिवखोडी पट्टीबाट छिर्दा यो सुरुङ अमरनाथ बर्फानी गएर टुङ्गिन्छ। प्रचलित मान्यता अनुसार द्वापरयुगमा साधुसन्त सुरुङ हुदै अमरनाथको यात्रा गर्दथे । तर कलीयुगमा जसले यो गुफा हुदै अगाडि जाने प्रयास गर्छ त्यो व्यक्ति फिर्ता हुन पाउदैन भनिन्छ।

हाल यो गुफा बन्द गरिएको छ। यस गुफाभित्र रहेको शिवलींग प्राकृतिक भएको जनविश्वास छ। तीन मिटर उचाइ रहेको यस गुफाको लम्वाइ २०० मिटर लामो छ। यस गुफाभित्र नन्दीको मुर्ती, पार्वतीको मुर्ती, नाग लगायतका कैयौ प्राकृतिक वस्तुहरु रहेका छन्।

 

मान्यता अनुसार गुफा स्वयम भगवान शिवले बनाएका हुन्। प्रचलित कथाअनुसार भस्मासुरले मन्त्र जपेर शिवलाई खुसी पारेका थिए। त्यसपछि भस्मासुरले शिवबाट यस्तो बर पाएका थिए कि, जसको शिरमाथी हात राख्यो त्यो खरानी हुन्थ्यो। यस्तो शक्ति प्राप्त भएपछि भस्मासुरले भगवान शिवलाई नै नाश गर्न चाहे।

यसपछि शिव र भस्मासुरबीच भीषण युद्ध सुरु भयो । युद्धपछि भस्मासुरसँग हार खाएर भगवान शिव त्यहाँबाट निस्किएर अग्लो पहाड चढे । जहाँ एउटा गुफा बनाएर त्यहाँ लुकेर बसे । जुन हाल पनि शिवखोडि नामले प्रचलित छ।

 

मान्यताअनुसार भगवान शिवलार्इ बचाउन भगवान विष्णुले एक सुन्दर स्त्रीको रुप लिएका थिए। र भस्मासुरलाई आकर्षित गरेका थिए। सुन्दर युवती देखेपछि भस्मासुर उतै आकर्षित भए र शिवले दिएको शक्ति त्यहि भुले। त्यसपछि आफ्नै शिरमाथी हात राख्दा आफैँ भस्म भएको विस्वास रहँदै आएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);