उर्जामन्त्री पुन र नेपालका लागि बंगलादेशका राजदुत मस्फीबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

उर्जामन्त्री पुन र नेपालका लागि बंगलादेशका राजदुत मस्फीबीच भेटवार्ता

काठमाडौं, १२ चैत । नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बङगलादेशबाट निजी क्षेत्रको सहभागीता हुने भएको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनलाई नेपालका लागी बंगलादेशी राजदूत मस्फी विन्ते साम्सले भेट गर्दै लगानी सम्मेलनमा बंगलादेशको सहभागिता हुने बताएका छन् ।

मंगलवार उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षिय हितका साथै आपसी सहयोगका विषयमा पनि छलफल भएको थियो ।

भेटमा बंगलादेशी राजदूत विन्तेले नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बंगलादेशबाट निजी क्षेत्रको सहभागीता रहने जानकारी दिए । राजदूत विन्तेले उर्जा क्षेत्रमा लगानीका लागी बङगलादेश सरकार ईच्छुक रहेको बताए ।

द्विपक्षिय भेटमा नेपाल र बङगलादेशबीच उर्जा ब्यापार सम्बन्धी भएका समझदारीको आधारमा तय भएका बिभिन्न कार्यक्रमहरुका बारेमा समेत समिक्षा भएको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);