१६ जना विदेशी पाइलट नियुक्त गर्ने वायुसेवाकाे तयारी | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

१६ जना विदेशी पाइलट नियुक्त गर्ने वायुसेवाकाे तयारी

bayu sewa nigam

काठमाडौं, १२ चैत । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चारवटा एअबस (दुई न्यारो बडी र दुई वाइड बडी) जहाजको लागि १६ जना विदेशी प्रशिक्षक पाइलट नियुक्त गर्न लागेको छ ।

अहिले एयर बस उडाइरहेका नेपाली पाइलटको क्षमता हुँदाहुँदै तिनलाई छाडेर विदेशी रोज्दा निगमलाईइ मासिक करोडौँ व्ययभार थपिन्छ ।

निगमले वाइड बडी ‘ए ३२०९ २००’को लागि दुई जना टिआरई ( टाइप रिलेटेड एक्जामिनर र टिआरआई ९टाइप रिलेटेड इन्सट्रक्चर० तीन जना नियुक्त गर्न लागेको छ । टिआरईले प्रशिक्षणपछि परीक्षासमेत सञ्चालन गर्न पाउँछन् । टिआरआईले प्रशिक्षण मात्रै दिन पाउँछन् । यो समाचार नागरिक दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);