काठमाडौं, ११ चैत । अन्तर्राष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्स सञ्चालनमा आएको तीन वर्षमा चार अर्ब ८३ करोड रुपैयाँ घाटामा गएको छ । निजी लगानीमा नियमित उडान सुरु गरेको चैत्र अन्तिममा तीन वर्ष पुग्छ ।
यसले क्षमता अनुसार यात्रु उडान गर्न नसक्दा, नाफाको गन्तव्यमा उडान गर्न नसक्दा र भएको उडान गन्तव्यबाट पनि लाभ लिन नसक्दा बर्सेनी एक अर्बभन्दा बढी घाटा व्यहोरिरहेको छ । यो वायुसेवा आव ०२७ र ०७५ मा मात्रै एक अर्ब ७६ करोड रुपैयाँ घाटामा गएको प्राप्त तथ्याङ्कमा उल्लेख छ । यो समाचार अन्नपूर्ण दैनिकमा लेखेको छ ।