चितुवालाई कुकुरले आक्रमण गरेर मारे | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

चितुवालाई कुकुरले आक्रमण गरेर मारे

chituwa ra kukur

चितुवा र कुकुरबीच करिब सवा घण्टा भिडन्त 

गोरखा, ९ चैत । गोरखामा कुकुरले वयस्क चितुवा मारेका छन् । पालुङटार नगरपालिका–९ धुवाँकोटस्थित भोर्लेमा फुचुङ लामाले सञ्चालन गरेको खोरमा बाख्रा खान आएको चितुवालाई पाँचवटा कुकुरले आक्रमण गरेर मारेका हुन् ।

वडा नम्बर ९ का अध्यक्ष भेजराज पाण्डेका अनुसार चितुवा र कुकुरबीच करिब सवा घण्टा भिडन्त भएको थियो । ‘खोरमा बाख्रा खान आएको चितुवाले सामुन्ने कुकुर देखेपछि उसैलाई च्यापेर भागेपछि नजिकै रहेका अन्य चार कुकुरले चितुवालाई खेदेका थिए,’ वडाध्यक्ष पाण्डेले भने, ‘खोरभन्दा करिब एक सय मिटर तल खोलाको छेउमा पुगेपछि पाँचवटा कुकुर र चितुवाबीच सवा घण्टाजति भिडन्त भयो । त्यसक्रममा चितुवा र एउटा कुकुर मर्‍यो ।’

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।