आज फाल्गुन शुक्ल पूर्णिमा: पहाडी भेगमा होली मनाइदै, तराईमा भोली मनाइने | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८१, मंगलबार

आज फाल्गुन शुक्ल पूर्णिमा: पहाडी भेगमा होली मनाइदै, तराईमा भोली मनाइने

Holi

काठमाडौं, ६ चैत । फाल्गुण शुक्ल पूर्णिमाका दिन आज राजधानी तथा मुलुकका पहाडी भेगमा फागुु पर्व मनाइँदैछ ।

छोरा प्रह्लाद विष्णुभक्त भएको आक्रोशमा हिरण्यकश्यपुले आफ्नै बहिनी होलिकाको काखमा प्रह्लादलाई सुताएर आगोमा दहन गर्न खोजेका थिए तर प्रह्लाद सकुशल रहे भने होलिकाको मृत्यु भयो ।

यसै खुसियालीमा पौराणिक कालदेखि यो पर्व मनाइँदै आएको शास्त्रमा वर्णन गरिएको छ । तराई क्षेत्रमा भने भोली यो पर्व मनाइदैछ । फागु पूर्णिमा पूर्वी फाल्गुनी नक्षत्रमा लाग्ने हुँदा यसको स्वामी शुक्रग्रह रहेकाले यो पर्व रतिराग, प्रेम, सौन्दर्य र यौवनतासँग सम्वद्ध रहेको मानिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);