कालिकोट, ५ चैत । कालिकोटका स्थानीय तहले आफू अनुकुल आधारभूत तहको परीक्षा लिने थालेका छन् ।
जिल्लाका नौँ वटा स्थानीय तहमध्ये केहीले शैक्षिक सत्र सकिनु एक महिना अगाडि नै परीक्षा लिएका छन्। केहीले भने शैक्षिक सत्रको अन्त्यमा परीक्षा लिएका छन् । संघीयताको कार्यन्वयनसँगै आधारभूत तहको परीक्षाको जिम्मा स्थानीय तहमा हस्तान्तरण भएको छ ।
जिल्लाका महावै, शुभकालिका गाउँपालिका, खाँडचक्र नगरपालिका र रास्कोट नगरपालिकाले शैक्षिक सत्र सकिनु एक महिना अगाडि नै परीक्षा लिएका छन् । सान्नीत्रिवेणी, पचालझरना, पताला र नरहरिनाथ, गाउँपालिकाले शैक्षिक सत्रको अन्त्यमा परीक्षा लिन थालेका छन् । यो समाचार नयाँ पत्रिकामा लेखेको छ ।