काठमाडौं, ४ चैत । चलचित्र ‘जात्रै जात्रा’को पहिलो गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको पहिलो गति सार्वजनिक गरिएको हो ।
निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्रीद्धय करिश्मा मानन्धर र सारा र्शिपालीले कम्मर मर्काएका छन् । ‘माया पिरिम’बोलको उक्त गीतमा निशान भट्टराई र मनीषा पोखरेलको स्वर रहेको छ । गीतमा कृष्ण भारद्वाजको सङ्गीत रहेको छ भने लेखु सहयात्रीको शब्द रहेको छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका अधिकांश कलाकारहरू विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्र सिंह बनियाँ, रविन्द्र झा लगायतका कलाकारले कम्मर मर्काएका छन् ।
यो चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । गीत रिलिजसँगै निर्माण पक्षले अफिसियल रूपमा चलचित्र जेठ ३ गते प्रदर्शन हुने घोषणा गरेको छ ।