नेता र पत्रकार देशको महत्वपूर्ण अंग, कहिले यीनै विच वारपार | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

नेता र पत्रकार देशको महत्वपूर्ण अंग, कहिले यीनै विच वारपार

sanghiya samsadh

काठमाडौं, ४ चैत । नेता र पत्रकार देश र समाजका महत्वपूर्ण अंग मात्र हैन, समाजलाई डोर्याउने संवाहक पनि हुन् । यीनै उत्तरदायित्व अन्तरगत भागदौडको क्रममा कहिले नेताले पत्रकारलाई तुच्छ शव्दले गाली गर्छन भने कहिले पत्रकारले पनि नेताको राष्ट्रिय व्यजती गरिदिन्छन् ।

यस्तै प्रवृती, पात्र, घट्ना मध्ये कति क्यामरामा कैद हुन्छन् त कति त्यतिकै सेलाएर जाने गरेका छन् । त्यसमध्ये यो साता क्यामरामा कैद भएका दुई वटा विषय अहिले चर्चाको शिखरमा छ । प्रशंग नम्बर १ हो, आईतवार प्रधानमन्त्री केपी शर्मा ओली र प्रत्रकारबीच विराटनगरमा भएको सवाल जवाफ ।

यो सवाल जबाफमा धेरै कुरा प्रष्ट छ । तर, एक जना महिला प्रत्रकार र प्रधानमन्त्री ओलीबीचको सवाल जबाफ भने अझै रोचक छ । प्रधानमन्त्री केपी शर्मा ओली देशमा समृद्धिको योजना ल्याउने नेताको रुपमा जति चर्चामा छन्, त्यतिकै उखान टुक्का र हाँसिमज्जा गर्नेमा पनि उत्तिकै खप्पिस मानिन्छन् । तर, प्रत्रकारले सोधेको जबाफमा स्वंय प्रधानमन्त्री ओलीनै किन यसरी कड्किएर जबाफ दिए भन्ने विषय अहिले चासोको विषय बनेको छ ।

हुनत, प्रधानमन्त्री ओली मात्र हैन नेपालको सबैभन्दा पुराना पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि कहिले काँही पत्रकारलाई हप्काई दप्काई गर्ने बानी छ । सभापति देउवाले गत मंगलवार बुटवलमा भएको एक कार्यक्रममा पनि यस्तै व्यवहार प्रस्तुत गरेका थिए ।

यो प्रशंग गत शुक्रबार बुटवलमा सभापति देउवा आएको खबर पाएपछि पत्रकारहरु चौराहास्थित मोडर्न क्याफेमा पुगेका थिए । प्रेस युनियन रुपन्देही सभापति रेखा भुसालले देउवालाई देशको समसामयिक राजनीतिक विषयमा थोरै बोलिदिन के आग्रह मात्र गरेका थिए, देउवा यसरी पड्किए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);